
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।
विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो ।
कांग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्कासन भएकोसमेत बताएको छ । उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो ।
बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भइ पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैबीच, कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्न निर्देशन दिएको छ ।
पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्