१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो : अध्यक्ष केसी


2.418k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताउनुभएको हो । उहाँले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताउनुभयो ।

गठबन्धनका उम्मेदवारहरुलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उहाँले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि गठबन्धनका सबैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष केसीले जनमोर्चा सत्तारुढ गठबन्धनमा सहभागि भएकोमा कतिपयले विरोध गर्ने गरेको भन्दै आफुले विगतमा पनि गिरिजाबाबु, गणेशमान लगायतसँग सहकार्य गरेको बताउनुभयो । उहाँले आफ्नो पार्टी प्रतिनिधि सभा विघटन भएदेखि नै गठबन्धनको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सत्तारुढ गठबन्धन भन्दा प्रतिगमन बलियो भएकाले सजग रहनुपर्ने बताउनुभयो ।