
काठमाडौं । नेपाली सेनाको अगुवाइमा भएको सफा हिमाल अभियानमा हिमाली क्षेत्रबाट १३ हजार ७ सय ८१ किलो फोहोर संकलन गरेको छ ।
सगरमाथा, ल्होत्से, कन्चनजंघा र मनास्लु क्षेत्रबाट कुहिने १ हजार किलो र नकुहिने १२ हजार किलो भन्दा बढी फोहोर संकलन गरेको सेनाले जनाएको छ ।
जैविक विविधता र पर्यावरण संरक्षण गरेर हिमाली क्षेत्र सुन्दर र सफा गर्ने उदेश्यले सेनाले विभिन्न संस्था सँग मिलेर यस्ता अभियानहरु संचालन गर्र्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्