
डडेलधुरा । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाका उम्मेदवारले स्थानीय निर्वाचनका लागि शुक्रबार नागरिकसँग लिखित १२ बुँदे तमसुक गरेका छन ।
यहि वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको सन्दर्भमा साेही पालिकाका ११ वटै वडाका वडाध्यक्षसहित नगरप्रमुख-उपप्रमुखका उम्मेदवारलाई सामूहिक प्रतिवद्धता स्वरुप सात मुख्य र पाँच सहायक बुँदा वाचनगरि उपस्थित नागरिकहरुसँग तमसुक गरिएको हो । नेपाली कांग्रेस वीपी र नेकपा एमालेबीच चुनावी सहकार्य गरेको जनतामा निवेदन संयुक्त चुनावी वृहत कार्यक्रममा आफूहरुले जनतामा कबोल गरेका लिखित मौखिक प्रतिवद्धताको सारसंक्षेपको रुपमा पदीय जिम्मेवारीमा रहेर संकल्प अनुसार मात्र काम गर्ने र भूमिका निर्वाह गर्ने साे तमसुकमा उल्लेख गरिएको छ ।
तमसुकमा जनताको भावनाअनुसार काम गर्ने, अनियमितता नगर्ने, व्यक्तिगत स्वार्थका लागि गलत कदम नचाल्ने, श्रोतसाधनको अपचलन र राज्यलाई नोक्सान हुने काम नगर्ने, पद बहाली भएसँगै र कार्यकालको सम्पत्ति विवरण सार्वजनिक गर्ने, नियमित सार्वजनिक सुनुवाई र अद्यावधिक प्रक्रियालाई प्रभावकारी बनाउने, नगरको आवश्यकतालाई प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिने लगायतका विषयमा मन बचन र कर्मले कार्यान्वयन गर्न हस्ताक्षरगरि सार्वजनिक गरिएको छ।
कार्यक्रमममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश बहादुर साउँद, नेपाली कांग्रेस वी पी.डडेल्धुराका सभापति तथा केन्द्रीय सदश्य तिलक हमाल, नगर प्रमुखका उम्मेदवार हरिप्रसाद भट्ट, उपप्रमुखका उम्मेदवार यज्ञराज अवस्थी र नेपाली काँग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण बहादुर मल्ल लगायतले अन्याय विरुद्धको संघर्ष तथा सामाजिक साँस्कृतिक विकासका लागि चुनावी समीकरण आवश्यक भएकोले समग्र अमरगढीको परिवर्तनका लागि जनतामा निवेदन गरिएको बताएका छन ।
चुनावी सभामा उपस्थित सर्वसाधारणले मेयरको समीकरणका लागि करिब ३ लाख रुपैया संकलन गरेर चन्दा दिएपनि उम्मेदवार हरि भट्टले उपलब्ध आर्थिक सहयोगलाई वृद्धाश्रममा लगाउने उद्घोष गर्नुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्