२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा घरदैलो गर्दै भोट माग्न व्यस्त उम्मेदवारहरु (फोटो फिचर सहित)


520
Shares

भक्तपुर । स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्राप्त गरेपछि जिल्लाका ४ वटै स्थानीय तहमा चुनावी माहोल ह्वात्तै बढेको हो ।

उम्मेदवारहरू आफ्ना घोषणापत्र र प्रचारप्रसार सामग्रीसहित कार्यकर्ताको हुल बाँधेर घरदैलोमा जुटेका छन् ।

४ वटा स्थानीय तह रहेको भक्तपुरमा आफ्ना मतदाता रिझाउन उम्मेदवारहरु घर तथा खेतबारीमा समेत पुग्ने गरेका छन् ।

भक्तपुरमा भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका गरी जम्मा चारवटा स्थानीय छन् । ती सबै नगरपालिकामा जम्मा ३८ वटा वडाहरु छन् ।

निर्वाचन कार्यालय भक्तपुरका अनुसार आसन्न निर्वाचनमा जिल्लाको चार नगरमा ९ सय २८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सबै उम्मेदवारहरू बिहान सबेरैदेखि राति अबेरसम्म दलका झण्डा, उम्मेदवारहरूको फोटो र निर्वाचन चिन्ह बोकेर मतदाताको घरघरमा पसिरहेका छन् । यो पटक विभिन्न अनलाइन, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाललाई पनि उम्मेदवारले प्रयोग गरिरहेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा नेकपा एमालेका ३ जना र नेपाल मजदुर किसान पार्टीका १ जना निर्वाचित भएका थिए भने उपप्रमुखमा नेकपा एमालेका तर्फबाट २ जना, नेपाली कांग्रेसका तर्फबाट १ जना र नेपाल मजदुर किसान पार्टीका तर्फबाट १ जना विजयी भएका थिए । यसैगरी, वडाध्यक्षहरु अन्तर्गत नेकपा एमालेले १२ वटा वडा, नेपाली कांग्रेसले १३ वटा वडा, नेपाल मजदुर किसान पार्टीले १२ वटा वडा र एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जितेका थिए ।

तस्विर : फेसबुकबाट