
सुनसरी । किरात राई यायोख्या सुनसरीले प्रदेश एकको नाम किरात प्रदेश राख्न माग गरेको छ ।
किरात राईहरूको मूख्य पर्ब साकेला पर्व उभौलीका अवसरमा शनिवार धरानमा गरिएको पत्रकार सम्मेलनमा उनीहरूले उक्त माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोख्या सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईले प्रदेश १ को नाम किरात राख्न माग गर्नुभयो ।
प्रदेश १ का १४ वटै जिल्लामा आदिबासी किरातीहरूको बसोबास रहेको र किरात प्रदेश जातीय नभएर ऐतिहासिक नाम भएकाले किरात राख्न उहाँको माग छ ।
किरात राई यायोख्याका सहसचिव रमेश राईले प्रदेश १ का बाइसे चाैबिसे राज्य हुँदा पनि माझ किरात, पल्लो किरात राज्य रहेको स्मरण गर्दै ऐथिहासिकताका आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने बताउनुभयो ।
यहि जेठ २ गते देखि सुरु हुने साकेला उभौली पर्वका प्रदेश १ का १४ वटै जिल्लामा किरात राज्य माग गर्दै १५ दिनसम्म डोल झ्याम्टा बजाएर साकेला नाच प्रर्दशन गर्ने राईले बताउनुभयो ।
साकेलाको अवसरमा किरात राईहरूले समय साल राम्रो होस्, अन्नबाली सप्रियोस्, सह बसोस् र अनिकाल नलागोस्, सबै जस्व प्राणीहरूमा सुःख शान्ति मिलोस् भनि सिमेभुमे पुजा गर्छन् ।
प्रतिक्रिया दिनुहोस्