१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड पठायो


0
Shares

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड रुपैयाँ पठाएको छ ।

चालु वर्षको बजेटमार्फत् घोषित कोषमा योगदानकर्ताको गत जेठ र असारको योगदान वापतको रकम सरकारका तर्फबाट पठाइएको हो ।

हाल जम्मा हुनुपर्ने ८४ प्रतिशत रकम जम्मा भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार सो रकम योगदानकर्ताको खातामा जम्मा गरिएको छ ।

योगदान रकम जम्मा गर्दा तोकिएको महिनाअघिको तीन र पछिको तीन गरी ६ महिनामध्ये न्यूनतम रकम दाखिला भएको छ । त्यसलाई नै आधार मानिएको कोषले निकालेको विज्ञप्तिमा उल्लेख छ ।