
काठमाडौं । नेपालमा खेतीयोग्य जमिनको ३० प्रतिशत क्षेत्रमा मात्रै सिंचाइको व्यवस्था भएको पाइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सिंचित जमिन कम भएकाले पनि खाद्यान्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषद्का कार्यकारी निर्देशक डाक्टर दिपक भण्डारीले बताउनुभयो ।
नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिंचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।
परिषद्ले हालसम्म ८० वटा बस्तुबालीका ७ सय २३ जात विकास गरी कृषकको खेतबारीमा पुगेको जनाएको छ ।
यस्तै, माटोको डिजिटल नक्साङ्कन, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्