
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।
आज (आइतबार) बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै प्रदेश-१ का तराई भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएकाे छ। साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सफा रहनेछ।
साथै प्रदेश-१, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्