
गृष्मा राजभण्डारी/ कोमल शेरचन
काठमाडौं । नयाँ पुस्तालाई प्रमुख राजनीतिक दलहरुले आफ्नो एजेण्डामा समेट्न सकेका छैनन् ।
दिवंगत नेताको फोटो र भाषणले नयाँ पुस्तालाई आकर्षित नगर्ने निश्चित भएकाे देखिएकाे छ। २०७४ सालको चुनाव यता ३६ लाख नयाँ मतदाता थपिएका छन। पहिलो पटक मताधिकार प्रयोग गर्न लागेका ती मतदाताले कसलाई रोज्छन् भन्ने एजेण्डाले धेरै हदसम्म स्थानीय निर्वाचन परिणाम प्रभावित पार्ने देखिएकाे छ। नयाँ मतदाताको रुपमा थपिएको लाखौंको यो संख्या अघिल्लो पुस्ता भन्दा फरक मत राखेका छन।
यो पुस्ताले राजनीतिका बाङगोटिंगो बुझ्दैन । आफ्ना प्राथमिकतामा स्पष्ट छ । राजनीतिका नाममा हुने छलछाम, व्यविचार, भ्रष्टाचारलाई घृणा गर्छन् । समकालीन राजनीतिमा चर्चा रहने ०६२/ ०६३ को दोस्रो जनआन्दोलन र शान्ति सम्झौताका विषय नयाँ मतदाताका लागि मिथक हो । यद्यपी उनीहरू आफ्नो भोटले जनप्रतिनिधि चुन्ने दिनको अधैर्य पर्खाइमा छन।
चुनावी माहोलले मेची महाकाली धपक्कै बलेका बेला दलहरूले यो पुस्तालाई आफ्नो एजेण्डामा समेट्न सकेका छैनन् । सूचना प्रविधिको हेलमेलले सामाजिक मनोविज्ञान बुझेको यो पुस्ता अझै अलमलमा परेकाे छ । उसका आफ्नै प्राथमिकता छन । मत पनि उसैप्रति लक्षित रहेको ती किशोरकिशोरीले बताउँछन् । दिवंगत नेताको फोटो र भाषणले नयाँ पुस्तालाई आकर्षित नगर्ने निश्चित छ ।
शिक्षा, स्वास्थ्यसँगै रोजगारीका आकर्षक थपिए मात्र दलहरूप्रति यो पुस्ताले भरोसा गर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्