१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


माओवादीलाई कांग्रेसले भन्दा हामी राम्रो भाग दिन सक्छौं : ओली


24.284k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने बताउनु भएको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेसले भन्दा एमालेले राम्रो भाग दिई गठबन्धन भत्काउन सक्ने बताउनु भएको हो ।

‘बिरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ ।’ माओवादीलाई बिरालोको संज्ञा दिँदै उहाँले भन्नुभयो,, ‘बिरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’

ओलीले पत्रकार सम्मेलनमा सुरु देखि अन्त्यसम्म कांग्रेस र माओवादीको आलोचना गर्नु भएको थियो ।