
सांकेतिक तस्विर
सर्लाही । सर्लाहीको बागमती स्थित मानव निर्मित तालमा नाबालिग छोरी सहित हामफालेर एक महिलाले आत्महत्या गरेकी छिन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी २६ वर्षीया रेखा साहले आफ्नी छोरी ३ वर्षीया आराध्य तालमा हामफालेकी हुन् ।
आज आइतबार बिहान साँढे ९ बजे हामफालेकी रेखा तथा उनकी छोरी आराध्याको शव पौने ११ बजे निकालिएको छ ।
उक्त पोखरीमै मोटरबोट चलाउने चालकहरुको सहयोगमा आमाछोरीको शव निकालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पोखरीको डिलबाट मृतक महिलाको मोबाईल सेट र सल समेत फेला पारेको छ । पारिवारिक झैझगडा पश्चात उनी घरबाट निस्केको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्