१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शाहरुख खान जस्तै व्यक्ति भेटिए, सबैजना छक्क


2.314k
Shares


एजेन्सी । भारतीय फिल्म क्षेत्रमा सुपरस्टार शाहरुख खान जस्तै देखिने एक व्यक्ति भेटिएका छन् ।

इब्राहिम कदारी नाम गरेका ती व्यक्ति हेर्दा हुबहु अभिनेता शाहरुख जस्तै देखिन्छन् ।जो कोही पनि उनलाई देख्दा छक्क पर्ने गर्छन् । कदारी सामाजिक सञ्जालका चर्चित स्टारहरू मध्येका एक हुन् । उनका सामाजिक सञ्जालमा १२४ हजार फलोअर्स रहेका छन् । उनी शाहरुख जस्तै देखिने भएकाले उनको पहिचान नै यसैबाट बनेको छ । कदारीको सामाजिक सञ्जालमा भएका तस्वीरहरूमा उनी वास्तबिक शाहरुख नै देखिन्छन् , तस्वीरमा को हुन भनेर छुट्याउन सकिदैन ।

ह्युमन्स अफ बम्बेसँग कुराकानी गर्दै शाहरुख जस्तो देखिनुको फाइदाबारे कदारीले बताएका छन्, ‘मलाई देख्दा मेरा साथीहरू र अन्य मानिसहरूले तस्वीर खिचाउनका लागि मलाई घेर्ने गर्छन् । मलाई देखेर मानिसहरू म तिर आकर्षित भएको देख्दा मलाई आनन्द लाग्छ । तर, शाहरुख खान जस्तो देखिनु मेरा लागि बेफाइदा पनि छ । म मानिसको भिडमा छँदा मलाई उहाँहरूले यसरी घेर्नुहन्छ त्यहाँ बाट निस्किन कयौँ पटक प्रहरीको साहायता लिनु परेको छ ।’

कदारी सुरुदेखि नै शाहरुखको ठूलो प्रसंशक रहेको बताउँछन् । शाहरुख जस्तै देखिएका कारण उनलाई मानिसहरूले विभिन्न कार्यक्रमका समेत बोलाउने गरेका छन् । उनलाई विषेशगरि विवाहहरूमा विषेश पाहुनाको रुपमा बोलाउने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कदारी आफूलाई मानिसहरूले शाहरुख जस्तै देखिने कारणले मात्रै नभएर आफ्नै नामले पनि चिनुन् भन्ने चाहन्छन् । कदारीले हाल सम्म शाहरुख खानसँग भेट्न पाएका छैनन् । शाहरुख लाई भेट्ने कदारीको सपना रहेको छ । कदारी शाहरुख खान जस्तो देखिदा आफूमा गर्व महसुस गर्छन् । शाहरुख जस्तै देखिने भएपनि यसअघि ईब्राहिम बारे यस्तो समाचार आएको थिएन । तर उनी सामासिजक संजालमा सक्रिय हुन थालेपछि भने उनको चर्चा चुलिएको हो ।