
काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन बैशाख ३० गते देशभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बगांलको खाडीमा बैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आजदेखि समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक तयारी गर्न विज्ञहरुले सुझाएका हुन् । जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिइएको यस आँधी निकै तिब्र गतिमा चलेको बताउनुभयो ।
डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्