४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा १७ अंकले वृद्धि


65
Shares

काठमाडौं । निरन्तरजसो वियरिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा आइतबार दोहोरो अंकको सुधार आयो ।

उतार चढावबीच बजार परिसुचक नेप्से १७ अंकले उकालो लागेर २२ सय ५६ पुग्यो । आइतबार पनि दिनभर ओरालै रहेको नेप्से अन्तिम समयमा एकाएक सुधारिएर सकारात्मक रहन पुगेको हो ।

आइतबार कारोबारमा आएका १३ समूहका परिसूचकमध्ये २ समूह घट्दा बाँकी ११ समूहमा हरियाली छायो । बैंकिङ र लघुवित्त सामान्य अंकले रातो रहँदा अरु समूह सुधारिएका हुन् ।

सबैभन्दा उच्च विकास बैंक समूहमा सय अंक बढीको वृद्धि आयो । होटल तथा पर्यटन, जलविद्युत, वित्त, अन्य र जीवन बीमा समूह दोहोरो अंकले उकालो लागे ।

यस दिन २ सय २३ कम्पनीको ३३ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ३३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १२६ कम्पनीको शेयरमूल्य बृद्धि हुँदा ५२ कम्पनीको घट्यो भने ५ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।