२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेलायतले युक्रेनलाई थप १ अर्ब ६० करोड अमेरिकी डलर सहयोग गर्ने


156
Shares

एजेन्सी । बेलायतले युक्रेनलाई थप १ अर्ब ६० करोड अमेरिकी डलर सहायता दिने भएको छ ।

बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १ दशमलव ३ बिलियन पाउण्ड अर्थात् १ दशमलव ६ बिलियन अमेरिकी डलरको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइने र युक्रेनलाई बेलायतको विद्यमान डेढ अर्ब पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ ।