
काठमाडौं, चैत्र २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (मंगलबार) ४ बजेका लागि बोलाइएको छ ।
बैठकमा कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।
सचिवालय बैठक बोलाउन सदस्यहरुबाट दबाब भएपछि प्रधानमन्त्री केपी ओलीले बैठक आह्वान गरेका हुन् ।
चीनबाट स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको र सामग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि नेकपाभित्रै विवाद छ । यसबारे छलफल गर्न सचिवालय बैठक बोलाउन सदस्यहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग माग गरिरहेका थिए ।
चैत्र ५ गते बैठक बसेयता नेकपाको सचिवालय बैठक बसेको छैन ।
पार्टी नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्