
काठमाडौं । चितवनको भरतपुरमा हत्या गरिएका युवा नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि रहेको खुलेको छ ।
आइतबार साँझ कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहारगरि अनिल परियारको हत्या गरिएकाे थियो। उनको शरीरका विभिन्न ठाउँमा छुरी प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आज (साेमबार) प्रेस विज्ञप्ति जारी गर्दै हत्या गरिएका परियार कांग्रेस कार्यकर्ता नै भएको जानकारी दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्