१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएकाहरूद्वारा नेकपा (बहुमत)गठन

विप्लव समूह संसदवादमा फस्न लागेको आरोप

364
Shares

काठमाडौं । पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ ।

कतिपय केन्द्रिय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताउनुभयो ।

बास्तोलाले नयाँ आफ्नो पार्टीको कार्यनीति बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पार्नुभयो ।

जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरू प्रतिवद्ध रहेको पत्रकार सम्मेलनमा जनाइएको थियो ।