२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


युक्रेन युद्धका लागि पश्चिमा देशलाई पुटिनको दोषारोपण


1.807k
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा देशहरुलाई दोषारोपण गरेका छन् ।

मस्कोको रेडस्क्वायरमा आज विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई उचालेका कारण रुसले त्यहाँ आक्रमण गर्नुपर्ने अवस्था आएको तर्क गरे ।

आक्रमण वा युद्ध भन्ने शब्द समेत प्रयोग नगर्नुभएका पुटिनले रुस युक्रेनमा विशेष सैन्य कारवाही गरेको बताए । विशाल सैन्य परेडको उपस्थितिमा उनले पूर्वी युक्रेनमा रुसी सेनाले मातृभूमिको रक्षा गरिरहेको तर्क पनि गरे । तर उनले युक्रेन युद्धको आगामी रणनीतिबारे भने कुनै घोषणा गरेनन् ।

विजय दिवस परेडमा ६५ हजार मानिसको सहभागिता रहेको छ भने परेडमा २४ सय प्रकारका सैन्य सामग्री र ४ सय वटा युद्धक विमानको प्रदर्शन गरिएको थियो । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को मे ९ मा जर्मनीको नाजी सेनालाई तत्कालिन सोभियत युनियनको सेनाले पराजित गरेको दिनलाई रुसले हरेक वर्ष विजय दिवसको रुपमा मनाउने गर्दछ ।