२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला


377
Shares

पाल्पा । स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् ।

भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।

उनी बैशाख २२ गते पोखरा भ्रमणबाट फर्कर स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

बेपत्ताको नदी किनारमा शव भेटिएको हो ।