३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


शेयर बजारमा सामान्य सुधार


78
Shares

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ ।

आइतबार पनि सामान्य सुधार आएको बजारमा सोमबार १२.२७ अंकले बढ्दा २२६८.८४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढ्दा ४३९.४७ विन्दुमा उक्लिएको छ ।

कारोबार भएको समूहहरूमध्ये जीवन बीमा ८२.१२, होटल तथा पर्यटन २५.८५, विकास बैंक २०.९१ र लगानी ०.०७ अंकले ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी माइक्रोफाइनान्स समूह ६० अंकले बढ्दा, निर्जीवन बीमा समूह ५७.०३ अंकले उकालो लागेको छ । बााँकी अन्य समूह पनि हरियो देखिएक छन् ।

यसदिन कारोबार भएका ११४ कम्पनीको शेयरमूल्य बढ्दा ७१ कम्पनीको घटेका छन् भने ८ कम्पनीको शेयरमूल्यमा परिवर्तन आएन ।

सोमबार २२२ कम्पनीका ३३ लाख २४ हजार ८२२ कित्ता शेयर कारोबार हुँदा १ अर्ब ३९ करोड ६ लाख ७७ हजार रुपैयाँको काराबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । केही समयअघि मात्र नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर मूल्य प्रतिशेयर १६७.२० रुपैयाँ पुगेको छ ।