
काठमाडौं । आगामी बैशाख ३० गते स्थानीय निर्वाचनका दिन बर्षा हुने मौसम पूर्वानुमान विगागले प्रक्षेपण गरेको छ तर निर्वाचन आयोगले भने यसका लागि केन्द्रबाट सबै तहमा आवश्यक सामग्री पठाउन नसकिने जनाएको छ ।
सोमबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सुरक्षा स्थानीय तहले नै गर्नुपर्ने बताउनुभयो ।
पाल र प्लास्टिक लगायतको व्यवस्था स्थानीय तहले गर्नुपर्ने भन्दै थप मद्धत आवश्यक भए जिल्लामा रहेको विपद् व्यवस्थापन कोष र समितिसँग सम्वय गर्न सकिने बताउनुभयो । २०७४ सालको स्थानीय चुनाव भन्दा अहिलेको चुनावमा खर्च न्यून हुने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्