३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


मतदातालाई बाड्न राखेको साडी बरामद


442
Shares

परासी । प्रहरीले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट मतदातालाई वितरण गर्न राखिएका साडी बरामद गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

स्थानीय सुरेश यादवको घरबाट बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताउनुभयो । २७ गते मध्यरातिबाट मौन अवधि शुरु हुने भएकाले त्यसअघि नै मतदातालाई बाँडनका लागि साडी तयारी अवस्थामा राखिएको बताइएको छ ।

बरामद साडी नेकपा एमालेका उमेदवारले बाँड्न ल्याएको आरोप छ । तर एमालेबाट सुनवल नगरपालिकाको प्रमुख पदका उमेदवार विमला अर्यालले भने त्यसलाई अस्वीकार गर्नुभयो । अहिले जिल्लाका सबैजसो प्रतिस्पर्धी उमेदवारहरुले मतदाताहरुलाई प्रलोभनमा पार्न विभिन्न सामाग्रीहरु दिन शुरु गरेका छन् ।

४/५ दिन अघिदेखि नै नगदसहित मासु र रक्सीसमेत मतदाताहरुलाई बाँड्न थालेको बताइएको छ ।