
पोखरा । पार्टीको नीतिप्रति असहमती जनाउँदै स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
उम्मेदवारी फिर्तासँगै उहाँले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभएको छ ।
कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्