
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव एवम् एमाले बोधिमाई नगरपालिका अध्यक्ष कनिष पटेल, नेकपा एमाले मधेस प्रदेश सदस्य कपिलदेब पटेल लगायत एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
ओली निकट मानिने पटेल परिवारका तीन पुस्ता नै कम्युनिस्ट आन्दोलनमा लागेका कनिष पटेलका हजुरबुवा तथा कपिलदेव पटेलका पिता नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालका नेता गेना पटेल हुनुहुन्छ ।
कनिष पटेलले कम्युनिस्ट आन्दोलन रक्षार्थ सिद्धान्तवान ईमानदार नेता माधव नेपालको पार्टी प्रवेश गरेको जानकारी दिनुभयो । उहाँले आफुहरुको पार्टी प्रवेशसँगै रौतहट र बोधिमाई नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) पहिलो शक्ति हने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्