८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इक्वेडरकाे एक कारागारमा झडप हुँदा ४३ जना कैदीबन्दीको मृत्यु, १०८ फरार


234
Shares

काठमाडौं । इक्वेडरको एक कारागारमा दुई आपराधिक समूहबीच झडप हुँदा ४३ जना कैदीबन्दीको मृत्यु भएको छ ।

इक्वेडरको राजधानी क्वेटोदेखि ८० किलोमिटर पूर्वमा रहेको सान्टो डोमिङ्गो कारागारमा ‘लोस लोबोस’ र ‘आर सेभेन’ नामका दुई समूहबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । झडपकै क्रममा सो कारागारबाट २ सय भन्दा बढी कैदी बन्दी फरार भएकोमा १ सय १२ जनालाई पुनः नियन्त्रणमा लिइएको छ ।

१ सय ८ जना कैदीबन्दी अहिले पनि फरार छन् । घटनाप्रति इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले खेद प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । यसअघि पनि गत फेब्रुअरीमा कारागारमा भएको झडपमा ४ सय कैदीको मृत्यु भएको थियो ।

यता कारागारमा भएको झडपमा आफन्त गुमाएकाहरुले कारागार घेराउगरि जेल प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए ।