१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभरकाे माैसम आज कस्ताे छ त ?


325
Shares

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव साथै चक्रवात “असानी“ को आंशिक प्रभाव रहेको छ। 

आज (मंगलबार) बिहान मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। मंगलबार मंगलबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेभएकाे छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मंगलबार राती भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।