१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसुवागढी नाका आज रातीदेखि बन्द हुने


130
Shares

रसुवा । नेपाल र चीनबीचको उत्तरी व्यापारिक रसुवागढी नाका आज (मंगलबार) रातीदेखि बन्द हुने भएको छ ।

यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

निर्वाचन हुनु ७२ घण्टा अगाबै सीमा नाका बन्द गर्नुपर्ने भएकाले वैशाख २७ गतेराती १२ बजेबाट नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभएकाे हाे । साेही बन्द नाका वैशाख ३१ गते शनिबारबाट पुनः सञ्चालनमा आउने उहाँले बताउनुभएकाे छ।

अन्य समयमा पनि चीनीयाँ समाग्री आयातका क्रममा नाका बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ । साथै मानिसहरुको आवागमनमा भने लामो समयदेखि बन्द भएकाे छ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामाग्री, निर्माण सामाग्री, जुत्ता चप्पल र चस्माको फ्रेम लगायतका सामाग्री आयात हुने गरेको छ।