७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कैलालीमा युवा उम्मेदवारकाे पक्षमा जनलहर बढ्दाे


429
Shares

कैलाली । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा युवा उम्मेदवारकाे पक्षमा जनलहर बढेकाे छ ।

निर्वाचनमा कैलालीको धनगढीका धेरै युवाले नेतृत्व लिन चाहेका छन् भने युवाहरुकै पक्षमा जनलहर पनि बढ्दो रहेकाे छ । युवाहरुप्रतिको उत्साह बढ्दै जाँदा उम्मेदवारी पनि बढेको हो ।

कैलालीमा पार्टीको नेतृत्व लिन युवाहरुको सहभागिता बढेसँगै जनप्रतिनिधिका लागि पनि युवाहरुको आकर्षण बढेको छ । स्थानीय तहमा नेतृत्व लिनका लागि युवाहरु चुनावी दौडधुपमा छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को नेतृत्वका लागि ३२ वर्षीय गजेन्द्र शाही नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन् ।

कोरोनाकालमा सीमामै पुगेर खाना खुवाउने कार्यदेखि विभिन्न सेवा गर्दै आउनुभएका शाहीले राजनीतिलाई पनि सेवाकै रुपमा लिने बताउनुभएकाे छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को एक कार्यकाल सदस्य बनिसकेका ओम विक्रम चन्द पनि नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको दौडमा हुनुहुन्छ। युवाहरुमाझ लोकप्रीय चन्द विजयी भएपछि पहिलो कदम युवाकै पक्षमा हुने बताउनुभएकाे छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षका लागि शेरबहादुर महरा चुनावी मैदानमा हुनुहुन्छ । नेकपा एमालेबाट उम्मेदवार बनेका महराको प्राथमिकता पनि युवामै छ। विजयी भएपछि युवालाई सहकारीका माध्यमबाट स्वरोजगार बनाउन केन्द्रित हुने महराको तर्क छ ।

धनगढीमा मात्रै होइन् सुदूरपश्चिमका अधिकांश पालिका तथा वडाहरुमा ४० वर्षमुनिका युवाहरु उम्मेदवार बनेका छन्। यसरी राजनीतिमा युवाको आकर्षण बढ्नाले विकासले फड्को मार्ने अपेक्षा लिइएको छ।

जनताको विश्वास लिँदै राजनीतिलाई सेवाकै रुपमा लिइए पक्कै पनि परिवर्तन हुनेछ।