१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दक्षिण कोरियामा निको भएकामा पनि फेरि देखियो कोरोनाको संक्रमण


0
Shares

एजेन्सी, चैत्र २५ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएकामा फेरि संक्रमण देखिएको छ ।

निको भएका संक्रमित ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको र यसले भाइरसविरुद्धको लडाईमा अझ चुनौति थपिएको डेली मेलले जनाएको छ ।

संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । दाइगु भाइरसबाट सबैभन्दा बढी प्रभावित दक्षिण कोरियाली शहर हो ।

भाइरसको संक्रमणबाट निको भएको भनिएको केही दिनमा परीक्षण गर्दा उनीहरुमा संक्रमण भेटिएको हो । ती बिरामीमा नयाँ भाइरसको संक्रमणभन्दा पनि शरीरमा पहिला नै रहेका भाइरस पुनर्जाग्रित भएको दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य वैज्ञानिकहरुले मानिसहरुका सेलहरुमा जाँच हुँदा नदेखिने गरि लुक्न सक्ने क्षमता कोरोना भाइरसको देखिएको पनि बताएका छन् ।

कोरियामा १० हजारभन्दा बढी संक्रमित भएका छन् भने १९२ को मृत्यु भएको छ ।