१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


निर्वाचन अवधिभर नवलपरासीमा सरकारी सेवा स्थगित


169
Shares

परासी । स्थानीय तह निर्वाचनले गर्दा पश्चिम नवलपरासीमा रहेका सरकारी कार्यालयहको सेवा स्थगित भएका छन् ।

सुरक्षा, स्वास्थ्य, दुरसञ्चारलगायतका सेवाबाहेक अन्य सरकारी कार्यालयबाट हुने सेवाह स्थगित भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । बन्द भएका सेवा बैशाख ३० पछि सुचारु हुने छन् ।

प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता/नाबालक परिचय पत्र/राष्ट्रिय परिचय पत्र/राहदानी र पेन्सन तथा अन्य सिफारिसका सबै काम स्थगित भएको जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा जनाइएको छ ।

सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालय, नापी कार्यालयलगायतका कार्यालयको काम पनि प्रभावित भएका छन् । कर्मचारीहरू निर्वाचनमा खटिएकाले सेवा उपलब्ध गराउन नसकिएको अर्यालको भनाइ छ । जिल्लामा १४ सय १३ कर्मचारी निर्वाचनमा खटिएका छन् ।

खटिएका कर्मचारीमा, संघीय र स्थानीय तहका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक रहेका छन् । सरकारी सेवाबाट मात्र करिब १ हजारको हाराहारीमा कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।

जिल्लामा कुल २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल छन् ।