१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावमा एनसेलको अफर, रिचार्जमा डेटा बोनस


364
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५००एमबी डेटा प्राप्त गर्न सक्नेछन् ।

वैशाख २३ गतेबाट लागू भइसकेको अफर ३० गतेसम्म चल्नेछ ।

जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमकोआधारमा बोनस डेटा पाउँछन् ।

एपमार्फत ५०देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् ।

१०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २००एमबी डेटा पाउँछन् ।त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५००एमबी डेटा पाउनेछन् ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बोप्याक, गज्जबको दैनिक जीबीप्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।