
काठमाडौं । दैनिक रूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्यनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ ।
उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँचवटा वडाअन्तर्गत रहने ११ मतदान केन्द्रमा गाउँपालिकामार्फत त्रिपाल व्यवस्था गरिएको हो ।
त्रिपालको व्यवस्थापनले चिप्लेटी, ठूलोगाउँ, डाँडागाउँ, ढुङ्गे, कुवापानी र माझगाउँ समेतका स्थानमा रहने मतदान केन्द्रबाट आठ हजार ४०२ मतदातालाई सहज हुनेछ ।
जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धीत निकायसँग परामर्श भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।
यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।
आसन्न निर्वाचनमा कूल ३८ हजार ५४५ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्धक्क साथ मतदान गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्