२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मतदाता फकाउने उम्मेदवारहरुको अन्तिम प्रयास (फोटो फिचर)


338
Shares


काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राती १२ बजेबाट मौन अवधि शुरु हुँदैछ ।

मौन अवधि शुरु हुनु अघिसम्म बिभिन्न पार्टी र स्वतन्त्र रुपमा स्थानीय तहमा उम्मेदवार बनेकाहरुले घर दैलो कार्यक्रम मार्फत मतदातालाई विभिन्न प्रतिवद्धताका साथ आ–आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास गरेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा बिभिन्न दलबाट उम्मेदवार बनेकाहरुले मतदाताको घर घरमा गएर मत मागेका छन् ।

मौन अवधि शूरु भएपछि उम्मेदवारले प्रचार प्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगले गाउँ/नगर पालिकाका प्रमुख,उपप्रमुख वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मौन अवधि मतदान नसकिएसम्म कायम रहनेछ ।