१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वतमान मेयरद्वारा तलब/भत्ता र सुविधाबापतको १८ लाख नगरपालिकामै जम्मा


8.606k
Shares

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निवर्तमान मेयर भीमबहादुर थापा (भरत) ले कार्यकाल अवधिभर पाएको तलब / भत्ता र सुविधाबापतको रकम नगरपालिकामा जम्मा गर्नुभएको छ ।

तलब / भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको सञ्चित कोष र दैवी प्रकोप उद्धार विशेष कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिनुभयो ।

मेयर पदमा निर्वाचित भए लगत्तै उनले आफूले नगरपालिकाबाट कुनै पनि सुविधा नलिने घोषणा गर्नुभएको थियो ।

जम्मा गरेको रकममा सेवा सुविधाबापतको १४ लाख ८६ हजार, दैनिक भ्रमण भत्ताबापतको १ लाख ४१ हजार ३ सय र बैठक भत्ताबापतको २ लाख २३ हजार रहेको नगरपालिकाले जनाएको छ ।

थापा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । पार्टीले अहिले मेयरको उमेदवारमा जिल्ला सभापति अर्जुनकुमार पोखरेललाई उठाएको छ ।