१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वडाध्यक्षका प्रतिबद्धता र स्थानीयको प्रतिक्रिया, भन्छन्- ‘नो भोटको व्यवस्था हुनुपर्छ’


143
Shares

काठमाडौं । बैशाख ३० गतेको चुनाव आउन ३ दिनमात्र बाँकी रहँदा देशभर चुनावी अभियान तीव्र भएको छ ।

विभिन्न दलका झण्डा र नारासहित सभा गोष्ठी र र्यालीमा होमिएकाहरूमध्ये वडाध्यक्षका रूपमा उम्मेदवारी दिनेहरूको प्रतिबद्धता पनि देशैभरको मेयरहरूकै जस्तो छ ।

काठमाडौ वडा नम्बर आठका स्वतन्त्र उम्मेदवारको रूपमा आफूलाई उभ्याउनुभएका सुमन वैद्यले आफू निर्वाचित भए विश्व सम्पदा सूचीमा सुचिकृत पशुपति क्षेत्रको विकासका लागि आफ्नो गुरुयोजना लागू गर्ने बताउनुभयो ।

हाँडीगाउँ वडा नम्बर पाँचका एमालेका उम्मेदवार बीरेन्द्र प्रजापतिले पनि नेपालको संस्कृति बोकेको हाँडीगाउँको स्तरोन्नत्तिका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

बुढानीलकण्ठ वडा नम्बर १० का राप्रपाका उम्मेदवार सुरेश तामाङको प्रतिबद्धता भने शान्तिसुरक्षाका लागि सीसीक्यामरा जडान गर्ने र फोहोरमुक्त वडा बनाउने रहेको छ ।

विभिन्न दलका वडाध्यक्षका उम्मेदवारहरूले यसरी प्रतिबद्धता जनाएपनि स्थानीयहरूले भने काम गर्ने व्यक्ति देशका लागि योग्य उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।

राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारले बढी काम गर्नसक्ने उनीहरूको बुझाइ छ । नो भोटको व्यवस्था नल्याएसम्म पार्टीहरू नझस्कने उनीहरू बताउँछन् ।

चुनावको लागि देशैभर तयारी लगभग पुरा भइसकेको अवस्थामा मतदाताहरुले पनि आ–आफनो उम्मेदवार लगभल तय गरिसकेको पनि बताएका छन् ।