१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


अस्पतालले उपचार गर्न नमानेपछि एक महिलाको मृत्यु


0
Shares

भैरहवा, चैत २५ । भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साईन्सले उपचार गर्न नमानेपछि कपिलवस्तुकी एक महिलाको ज्यान गएको छ ।

यशोधरा गाउँपालिका ६ रङ्गपुरकी ३६ वर्षिया कलामुन निशाको अस्पतालले उपचार नगरेकै कारण मृत्यु भएको हो ।

सामान्य ज्वरो आएपछि आइतबार उनलाई कपिलवस्तु जिल्ला अस्पतालमा लगिएकोमा भैरहवाको मेडिकल कलेजमा रिफर गरिएको थियो ।

तर युनिभर्सल कलेजले विरामीलाई गेटबाटै छिर्न नदिएर फर्काएको मृतकका ससुरा सरिफ मुसलमानले आरोप लगाएका छन् ।