१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तहको निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाईं : अध्यक्ष दाहाल


247
Shares

सर्लाही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाईं भएको बताउनुभएको छ ।

सर्लाहीको लालबन्दीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन अग्रगमन र प्रतिगमनबीचको कुरुक्षेत्रको लडाईं भएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले नेपाली जनताले अग्रगमनलाई साथ दिने बताउनुभयो ।

अहिले धर्मनिरपेक्ष र प्राप्त उपलब्धीलाई समाप्त पार्ने तत्व एकातिर र सम्पूर्ण चिजको रक्षा गर्दै देश विकासमा लाग्ने पक्ष अर्कोतिर रहेकाले गठवन्धनको पक्षमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

लालबन्दीमा माओवादी केन्द्रका प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीका गोविन्द अधिकारीले उम्मेदवारी दिई चुनावी गठवन्धन गरिएको छ । कांग्रेसले भने एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।