१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उम्मेदवार कुटेको भन्दै एमालेद्वारा सिद्धार्थ राजमार्ग अवरुद्ध


3.25k
Shares

स्याङ्जा । नेकपा (एमाले)ले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको राङखोलामा सडक अवरुद्ध गरेको छ ।

एमालेका तर्फबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार गौतम थापा (विष्णु)लाई काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै बाटो अवरुद्ध पारिएको हो ।

आक्रमण गर्ने काङ्ग्रेस कार्यकर्तालाई पक्राउ गरिए पनि केहि बेरमा नै छोडेको एमालेले आरोप लगाएको छ ।

दिउँसो दुई बजे देखि सडक अवरुद्ध हुँदा साना ठुला गरि सयौं सवारी साधन मा यात्रा गरिरहेका हजारौं यात्रु अलपत्र परेका छन् ।

प्रमुख जिल्ला अधिकारी राजु पौडेलको कार्यकक्षमा सहमतिको प्रयास जारी छ ।