६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


फर्डिनान्ड मार्कोस जुनियर फिलिपिन्सको राष्ट्रपतिमा निर्वाचित


273
Shares

काठमाडौं । फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको जुन उहाँको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको फिलिपिन्सको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा रहनुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि गत सोमबार मतदान भएको थियो ।

त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित हनुभएको छ । फिलिपिन्सको भएको राष्ट्रपतिय चुनावमा पुर्व राष्ट्रपतिका परिवारका सदस्य नै निर्वाचित भएको पहिलो पटक हो ।

नव निर्वाचित राष्ट्रपति मार्कोसले चुनावी अभियानका क्रममा देशमा गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनुका साथै कोरोना महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउने लगायतका विषय पनि प्रमुख एजेण्डा बनाउनु भएको थियो ।

फिलिपिन्सको राष्ट्रपति पदका लागि ९ जना चुनावी मैदानमा थिए ।