
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षमा नेकपा (एमाले) ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ ।
वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको तुल्सीपुर नगर कमिटिका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।
एमालेका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिनुभयो ।
वडा नं १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं. १७ को हकमा वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । त्यसपछि मौन अवधि सुरु हुनेछ ।
लबरुको कलेजो र मिर्गौला रोगका कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्