
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युगाण्डाविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।
बुधबार क्यानले एक सूचना जारी गर्दै २० खेलाडी सम्मिलित टोली घोषणा गरेको हो । जेठ २ गतेदेखि ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरिएको हो ।

टोलीमा क्षेत्रीसँगै सीता रानामगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता रानामगर, कबिता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिता कर्माचार्य, सुमन खतिवडा परेका छन् ।
यस्तै, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, ईश्वरी विष्ट, डोेली भट्ट, हिरनमायी रोय र रितु कनौजिया पनि राष्ट्रिय टीममा समावेश भएका छन् ।

सबै खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्