१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मतदाता परिचयपत्र वितरण सुरु


3.718k
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।

देशभरका मतदान केन्द्रहरूबाट आयोगले परिचयपत्र बाँड्न थालेको हो । परिचयपत्र वितरण कार्यालय समयसम्म जारी रहने छ ।

राजधानीसहित देशैभरका मतदान केन्द्रमा परिचयपत्र लिनेहरूको भीड लागेको छ ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको हो ।

तर, मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो परिचय खुल्ने जुनसुकै कागजात देखाएर मत दिन पाउने पनि निर्वाचन आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र वितरणसँगै मत दिने तरिका पनि सिकाइरहेको दाबी पनि आयोगले गरेको छ ।