१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सगरमाथा इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस शेयर


156
Shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत शेयर दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष आर के मानन्धरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिकूल अवस्थाका बावजुद कम्पनीले प्रगति जारी राखेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।

कम्पनी विमितहरुको विश्वास जित्दै प्रिमियम संकलन, खुद नाफा लगायतमा उल्लेख्य वृद्धि गर्न सफल भएको जनाइएको छ ।