
काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचय पत्र हराएकाहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परिचय खुल्ने अन्य कागजातबाट मतदान गर्न पाइने जनाएको हो ।
निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधी प्रमाणपूर्जा मध्ये कुनै एक कागजात भए मतदान गर्न पाइने छ । तर, यी सबै कागजातको सक्कल प्रमाण हुनुपर्ने भनिएको छ ।
आयोगले विभिन्न पाँच कागजातका आधारमा मतदान गर्न पाइने भने तापनि आयोगबाट प्रकाशित अन्तिम मतदाताको नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्