
काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज बिहीबार पनि मतदाता परिचय पत्र वितरण गर्नेछ ।
मतदान केन्द्रका लागि खटिएका मतदान टोलीले बुधबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेका हुन् ।
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको हो ।
आयोगले बुधबारबाट मतदाता शिक्षा कार्यक्रम पनि थालेको छ । मत बदर नहोस भन्दै मतदान गर्ने सहि तरिकासम्बन्धि जानकारी दिन कार्यक्रम गरिएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि खटिएका टोलीले विभिन्न ठाउँमा गरिएको मतदानमा बदर मत संख्या उच्च देखिएको छ । रसुवाको धुन्चेस्थित एक विद्यालयमा गरिएको नमुना मतदानमा ७७ प्रतिशतसम्म मत बदर भएको भेटिएको छ ।
यसअघि आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षण दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्