
काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईवटा मोटरसाइकलमा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे आपसमा जुध्दा ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, घाइते भएका अर्को मोटरसाइकलमा सवार २ जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विराटचोकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्