२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


जगन्नाथ पौडेललाई सहयोग गर्ने पाँच जनालाई पार्टीबाट निलम्बन


8.463k
Shares

काठमाडौं । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पूर्व सांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्वजिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा. केशव पौडेललाई निलम्बन गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारविरुद्ध क्रियाशील बनेकाले सदस्यबाट निलम्वन गरिएको उल्लेख छ ।

कांग्रेसले यस अघि नै स्वतन्त्र उम्मेदवारी दिएका पौडेल र उहाँका प्रस्ताव तथा समर्थकलाई पार्टीबाट निस्कासन गरिसकको छ ।