
काठमाडौं । स्थानीय तहको निर्वाचनले मुलुकको प्रमुख प्रशासनिक मुख्यालय सिंहदरबार पनि सुनसान देखिएको छ ।
ईमेजखबरको टोली सिंहदरबारस्थित विभिन्न मन्त्रालय चाहार्दा प्रधानमन्त्री, मन्त्री, विशिष्ट सरकारी कर्मचारीका कार्यकक्ष सुनसान देखिन्थ्यो ।
त्यहाँका अधिकांश कर्मचारी चुनावी प्रयोजनका लागि खटिएकाले सुनसान भएको त्यहाँ भएका केही कर्मचारीहरूले बताए ।
मन्त्रीहरू समेत पार्टी नेताको हैसियतमा निर्वाचन आयोगको अनुमति लिएर आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन् । हप्ता दिनअघिदेखि नै मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन
दुई हप्तादेखि चुनावी दौडधूपमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले मौन अवधिसम्म आफ्नो गृहनगर डडेल्धुरामा बिताउनुभएको छ । सधैं भीडभाड देखिने सिंहदरबारभित्रको सडक पनि सुनसान छ ।
विशिष्ट श्रेणीका अधिकारीबाहेक अधिकांश मन्त्रालयका ८० प्रतिशत कर्मचारी बाहिर रहेको कानुन न्याय तथा ससदिय मामिला मन्त्रालयका सूचना अधिकारी राजाराम दाहाल बताउनुहुन्छ ।
कार्यालयमा कर्मचारीको कमी भए पनि काममा बाधा नपर्ने गरी मिलाइएको दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्